‘समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौं’: उम्मेदवार गुरुङ
पाेखरा | कात्तिक २९, २०७९
पोखराः धेरै मानिस पहिला समस्या देख्छन्, सम्भावनातिर ध्यान दिँदैनन् । यसका कारण हुन्ः मान्छे नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धर्य गर्न चाहँदैन । समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन् ।
मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा १६ का स्थानीयका समस्या सुनिन्, गुनासा बुझिन् । कास्की २ (२)मा एमालेकी प्रदेश सभाकी उम्मेदवार उनी समानुपातिकबाट निवर्तमान प्रदेशसभा सदस्य भएकाले धेरै कुराबारे जानकारै थिइन् । उनले भनिन्, ‘यहाँहरुका समस्याबारे केही हदमा जानकार छु । यहाँहरुकै सहभागिता र विज्ञको सुझाव अनुसार योजना बनाएर समृद्धिको यात्रा हामीअघि बढाउँछौं ।’
उम्मेदवार गुरुङले गएको कार्यकालमा स्रोतको सीमितता र सरकार परिवर्तनले धेरै काम गर्न नपाएको सुनाइन् । उनले सुन्दर भूगोल र प्रकृति रहेको यो क्षेत्र चाडै समृद्ध र पर्यटनको केन्द्र बन्ने उनले उल्लेख गरिन् । भन्छिन्, ‘एकै पटक सबै काम भइहाल्छन् भन्ने आश्वासन म दिन्नँ तर प्राथमिकीकरण गरेर हामी यसका समस्या सुल्झाउँछौं । सम्भावना खोज्छौं । जनताका माग पूरा गर्न संघ र प्रदेशमा एमालेको सरकार चाहिन्छ ।’
एमाले नेतृत्वमा गण्डकी र संघ सरकार हुँदा दुवैतिर जग राख्नेदेखि राष्ट्रिय महत्वका योजना सुरु भएको उनले उल्लेख गरिन् । ‘बीचमा सरकार ढल्यो, सँगसँगै हाम्रा योजना पनि रोकिए । अबको चुनावपछि हाम्रो सरकार बन्छ तर हामी त्यस्तो खालको पूर्वाग्रही राजनीति गर्दैनौं ।’पार्टीको प्रतिवद्धता र अगाडी सारेका विकासका योजना र नीतिहरु नै जितका आधार भएको उनको भनाई छ ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

